अभिनेता शाहबिरुद्ध तनहुँ जिल्ला अदालतमा १४ वर्ष सजाय माग गर्दै मुद्दा दर्ता

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १४ : ४५
अभिनेता शाहबिरुद्ध तनहुँ जिल्ला अदालतमा १४ वर्ष सजाय माग गर्दै मुद्दा दर्ता

काठमाडौँ। अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको अभियोगमा तनहुँ जिल्ला अदालतमा मंगलबार दोस्रो मुद्दा दर्ता भएको छ।जिल्ला प्रहरी कार्यालयले सोमबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएपछि मंगलबार उनीबिरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको हो।

गत फागुन ११ गते नाबालिग किशोरीले उनीबिरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरीसहित तनहुँ जिल्ला प्रहरीमा उजुरी गरेकी थिइन्। त्यस्तै तिनै किशोरीले गैँडाकोट प्रहरी कार्यालयमा पनि उनीबिरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरीसहित मुद्दा दर्ता गरेकी थिइन्।

पूर्व नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको केही दिनमा तनहुँ जिल्ला अदालतमा पनि मंगलबार अभिनेता शाहबिरुद्ध मुद्दा दर्ता गरिएको हो।

प्रतिक्रिया दिनुहोस