काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ ।
होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आज दिनभर तनावग्रस्त भएको छ । होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आज अभिभावकलाई बोलाएर छलफल गराउन लागेको थियो । छलफल नगरी विद्यार्थीहरू आक्रोशित हुँदै ढुङ्गा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
विद्यार्थीको दुई समूहबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । तनावग्रस्त भीडलाई तितरवितर पार्न प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।
विद्यालयमा रहेका एक दर्जन बढी कम्प्युटरमा क्षति पुगेको छ भने झ्याल ढोकाहरू फुटेका छन् । झडपमा आक्रोशित विद्यार्थीहरूले ढुङ्गा प्रहार गरी तोडफोड गरेका थिए ।
विद्यालय परिसर झन्डै तीन घण्टासम्म तनावग्रस्त बनेको थियो । झडपमा एक दर्जन सशस्त्र प्रहरी घाइते भएका छन् । उनीहरूको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । अहिले अवस्था सामान्य रहेको र दुवै समूहका विद्यार्थी अभिभावकबीच छलफल गराई समस्या समाधान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०६ चैत्र २०७८, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रूपन्देहीमा मजदुरका दुई समूहबीच झडप : एकको मृत्यु, तीन गम्भीर घाइते
वीरगञ्जस्थित बालसुधार गृहमा झडप, ३ प्रहरीसहित १४ जना घाइते
तस्करीको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि बाँकेमा झडप, ३ जना घाइते
कसरी हुन पुग्यो भक्तपुरको सुधार गृहमा झडप ?
सहकारी पीडितको आन्दोलन : बिजुली बजारमा झडप
मिटरब्याज पीडित र प्रहरीबीच झडप