काठमाडौं । दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तीमा एक दर्जन मानिसको मृत्यु भएको छ ।
गोलाबारीमा १७ जना घाइते भएको त्यहाँका उपमेयरले जनाएका छन् । गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टे कर्फ्यूकाे समेत घोषणा गरिएको छ । सो क्षेत्रमा रुसी सेनाले मोटार्स, ट्यांक, हेलिकप्टर र रकेट मार्फत हमला गरेको जनाईएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी अर्थपूर्ण वार्ता गर्न आह्वान गरिरहेका बेला रुसी सेनाले हमला तीव्र बनाएको हो । गत २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन् भने २५ लाख विस्थापित भएका छन् । उता, रुसी सेनाले आक्रमणको तारो बनाएको मारिओपोल शहरमा ८० प्रतिशत संरचना ध्वस्त भएका छन् ।साे शहर लगभग भत्गावेशषमा परिणत भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ चैत्र २०७८, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु