बेइजिङ । चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।
दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । कोभिडबाट सो प्रान्त बढी प्रभावित छ । कोभिडपछि सो प्रान्तका विभिन्न सहरहरुमा लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएका छन् ।
चीनमा कोभिडका कारण अहिलेसम्म ४ हजार ६३८ जनाको मृत्यु भएको । शनिबार चीनमा एकै दिन ४ हजार ५१ जना नयाँ संक्रमित देखिएका थिए । यो अघिल्लो दिनभन्दा तुलनात्मक रुपमा थोरै सख्ंया हो । शुक्रबार ४ हजार ३६५ जनामा संक्रमण देखिएको थियो । तीमध्ये आधाभन्दा बढी संक्रमित जिलिनमा देखिएका थिए ।
चीनमा अन्य देशको तुलनमा कोभिडका कारण मृत्यु हुनेको संख्या थोरै छ । बेइजिङको कम्युनिष्ट नेतृत्वले न्यून मृत्यु दरलाई उसको एक–दलीय शासन मोडेलको बलियो प्रमाणको रूपमा प्रचार गरेको छ । नयाँ मृत्यु त्यहाँको स्वास्थ्य आयोगको दैनिक रिपोर्टमा लुकाइएको थियो । राज्य नियन्त्रित सञ्चार माध्यमहरुले त्यसबारे केही वर्णन गरेका थिए ।
दबाबबीच शून्नय कोभिड नीति
सन् २०१९ को अन्त्यतिर मध्य सहर वुहानमा कोरोनाभाइरस देखिएको थियो । तर, सीमामा कडाई, लामो समयसम्म क्वारेन्टाइन र निश्चित क्षेत्रमा लकडाउन गरेर चीनले कोभिड नियन्त्रण गरेको थियो ।
तर, तीव्र फैलिने ओमिक्रोन भेरियन्टले सरकारको शून्य कोभिड रणनीतिको प्रभावकारिता र दीर्धकालीन रणनीतिमा चुनौती थपेको छ । लकडाउनले अर्थतन्त्रमा प्रभाव पार्ने भन्दै हालैका साताहरुमा केही सरकारी स्रोतहरुले चीन कुनै बिन्दुमा पुगेर अन्य देश झैँ कोभिडसँगै बाँच्नुपर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ चैत्र २०७८, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास