एजेन्सी । घरेलु मैदानमा भएको पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले यूइएफए युरोपा लिगको दोस्रो लेगमा बिहीबार राति गालातासारेविरुद्ध २-१ अन्तरको जित निकाल्दै क्वाटर फाइनलमा स्थान बनाएको छ ।
टर्की स्तानबुलमा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले सानदार खेल प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा ल्याएको हो । यस संगै बार्सिलोनाले पछिल्लो ११ खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
बार्सिलोनाको पुनरागमन जितमा पेड्री र पिएरे एमेरिक औबामेयाङले एक एक गोल गरे । यस अघि खेलको २८औं मिनेटमा गालातासारेका मार्काओले अग्रता बनाएका थिए ।
पेड्रीले ३७औं मिनेटमा बराबरी गोल गर्दा औबामेयाङले ४९औं मिनेटमा विजयी गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०४ चैत्र २०७८, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यामलले अझै ६ वर्ष बार्सिलोनाबाटै खेल्ने
बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि
रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा