काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुख्यमन्त्री भएयता दोस्रो पटक गृहजिल्ला आउन लागेका छन्। यसअघि खार्पुनाथ गाउँपालिकाको आग्रहमा बाढी–पहिरो पीडितको स्थलगत अनुगमन गर्न जिल्ला आएका मुख्यमन्त्री शाही यसपटक भने कार्यालयकै कामको सिलसिलामा हुम्ला आउन लागेका हुन्।
मुख्यमन्त्री शाहीको नेतृत्वमा ठूलै टोली हुम्ला आउन लागेकाे हो। शुक्रबार बिहान हुम्ला आउने उनको टोलीमा प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयमा सचिव, स्वास्थ्य महाशाखामा प्रमुखलगायतको ठूलै टोली हुम्ला आउन लागेको हो।
सरकारी कामकै सिलसिलामा हुम्ला आउन लागेका मुख्यमन्त्री शाहीले ४ गतेबाट जिल्लाका सात वटै गाउँपलिकाका योजना शाखा र शाखा प्रमुखका लागि सञ्चालन हुने योजना तर्जुमासम्बन्धी तालिम उद्घाटन गर्ने कार्यक्रम छ।लागि उनीसँगै प्रदेश सुशासन केन्द्रका प्रमुखसहितको टोली पनि आउनेछ। त्यसैगरी, अर्को मुख्यमन्त्री शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रम अनुगमन गर्ने कार्यतालिका छ।
जिल्ला अस्पताल हातामा निर्माण हुन लागेको नयाँ अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम छ।मानिसक स्वास्थ्यसम्बन्धी कार्यक्रम र छोरीको बैंक खातासम्बन्धी कार्यक्रममा मुख्यमन्त्री शाहीले सहभागिता जनाउने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ।
त्यसैगरी, सबै गाउँपालिकाका र उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल तथा निर्देशन दिने कार्यक्रमसमेत रहेको छ। चैत ५ गते कार्यालय प्रमुखलाई निर्देशन दिने कार्यक्रम प्रमुख जिल्ला अधिकारी सीता परियारले तय गरेकी छन्।
मुख्यमन्त्री शाहीको यस पटकको कार्यक्रम दुई दिनका लागि तय भएको छ। उनले टोली समिट एयरको जहाजमा सुर्खेतबाट हुम्ला आउन लागेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, २१ : १७
लेखकबाट थप