काठमाडौं । होलीमा उच्छृङ्खल गतिविधिमा संलग्न १२९ जनालाई प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको छ।
प्रहरीले बौद्ध, गौशाला, स्वयम्भु, बालाजु, लैनचौरलगायतका स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।
पक्राउ पर्नेमा १ सय २२ जना पुरुष ७ जना महिला रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, २० : ५८
लेखकबाट थप