मनिषको ‘शमशेर’ लुक्स आउट

सफल खबर संवाददाता

विहीबार, ०३ चैत्र २०७८, १५ : ५२
मनिषको ‘शमशेर’ लुक्स आउट

काठमाडौं । अभिनेता मनिष राउत ‘शमशेर’ बन्ने भएका छन् । नेपाली फिल्म ‘प्रेम गीत ३’ मार्फत अभिनयमा डेब्यु गर्ने तयारीमा रहेका अभिनेता राउतले ‘शमशेर’ मा शिर्ष भूमिका निर्वाह गर्ने भएका छन् ।

निर्माण पक्षले फस्टलुक पोस्टर आउट गर्दै फिल्म निर्माण हुने घोषणा गरेको छ । एभरेष्ट फिल्म एकेडमी र डिआर डेनिमको निर्माणमा तयार हुने फिल्ममा मनिषले शिर्ष भूमिका निर्वाह गर्नेछन् । पहिलो फिल्मलाई दर्शकको फिडब्याक नमिल्दै अन्य फिल्ममा मनिष इन भएका हुन् ।

एक्सन जनरमा बन्ने फिल्ममा मनिषको एक्सन दर्शकले हेर्न पाउने निर्माण पक्षले बताएका छन् । फिल्ममा मनिषसँगै सुमन थापा , सविन शाक्य , रुपेश कार्की , रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय रहनेछ ।

काठमाडौँ, सोलुखुम्बु र ढोरपाटनसँगै दुबईमा समेत छायांकन हुने फिल्ममा अर्जुन पोखरेलको संगीत सुन्न सकिनेछ । गौरी शंखर र विकाश सिटौलाले खिच्ने फिल्म सीबर्ड्स इन्टरटेनमेन्टले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस