माओवादी केन्द्र चितवनको नेतृत्व चयन, इन्चार्जमा रेनु दाहाल र अध्यक्षमा रामचन्द्र अधिकारी

सफल खबर संवाददाता

विहीबार, ०३ चैत्र २०७८, १३ : ५८
माओवादी केन्द्र चितवनको नेतृत्व चयन,  इन्चार्जमा रेनु दाहाल  र अध्यक्षमा रामचन्द्र अधिकारी

चितवन । माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले सत्तारूढ नेकपा (माओवादी केन्द्र) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीलाई दिएको छ ।भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।

चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए। यसअघि उनी चितवन जिल्ला पार्टीको कार्यालय सदस्यका रुपमा क्रियाशील थिए।

प्रतिक्रिया दिनुहोस