महोत्तरीका ८० प्रतिशत पालिकामा जित्छौँ : सभापति यादव

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, १६ : १९
महोत्तरीका ८० प्रतिशत पालिकामा जित्छौँ : सभापति यादव

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दावी गरेका छन् ।अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको संगठनिक अवस्था निक्कै बलियाे भएकाले महाेत्तरीका १५ मध्ये १२ भन्दा बढी स्थानीय तहमा बहुमत आउने उनले दावी गरेका छन् ।

क्षेत्र नम्वर १ महोत्तरीले आज आयोजना गरेको होली विशेष कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा उनले यस्ताे दावी गरेका हुन् । उनले बाहिर सार्वजनिक भए जस्ताे महाेत्तरी कांग्रेसमा कुनै तिक्तता पनि नरहेको पनि जिकिर गरे ।

जिल्ला कमिटी सदस्य विनोद बरालले स्थानीय तह निर्वाचनकाे टिकटप्रति लक्षित गर्दै कुनै पनि व्यक्ति बलियो नभएको र संगठनिक संरचना बलियो भए मात्र व्यक्ति बलियो हुने बताए । `कुनै पनि व्यक्ति आफू बलियो छु भनेर नसोचौँ पहिला संगठनलाई दरिलो बनाऔँ ।´ उनले भने ।

उम्मेदवारहरूको विषय टुंग्याउन पार्टीले केन्द्रीय सदस्य श्याम घिमिरेलाई खटाएको छ । होलीपछि नै चुनाव लक्षित कार्यक्रम र उम्मेदवारको बिषयमा ध्यान दिने नेता घिमिरेको भनाइ छ । 

पार्टीले गठबन्धनको बिषयमा निर्णय गरेर सोहीअनुसार अगाडि बढ्ने नेता घिमिरेकाे भनाइ छ । बर्दिबास नगरपालिकाका युवा नेता प्रल्हाद घिमिरेले भने गठबन्धनको कुनै औचित्य नभएको बताए । 

प्रतिक्रिया दिनुहोस