काठमाडौं । हंसराजहुलास चन्द एण्ड कम्पनी, बजाज अटोले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना ल्याएको छ। जसअन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका दिइँदै छ।
योजनाअनुसार बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाइक किन्ने बेलामा रु १००० को छुट पाउन योग्य हुनेछ।यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनोटको बाइक रोजेपछि रु ५० हजारसम्म छुट पाउने मौका मिल्नेछ। यो छुट बाइक किन्ने बेलामा प्रदान गरिनेछ।
त्यसपछि बाइक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर बाइक रोजेवापतको अनि किन्नलाई बुकिङ गर्दा पाइने रु १ लाखसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
यो अफरको बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिङ प्रदान गरिनेछ। साथै बम्पर पुरस्कारस्वरुप रु १० लाखसम्म जित्ने मौका मिल्ने छ।
यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बम्बर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण पनि ‘बजाज पाँचको पन्च’ राखिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १५ : ४४
लेखकबाट थप