काठमाडौं । जीवन रुपान्तरण गर्ने शिक्षा लागु गर्नका लागि युनेस्कोको टोली जुम्ला पुगेको छ । सिक्नका लागि नागरिक सहभागिताको अभियान नामक कार्यक्रम बोकेर युनेस्कोको टोली जुम्ला पुगेको हो ।
जुम्लाको चन्दननाथ नगरपालिका शिक्षा शाखासँगको स्थानीय समन्वयमा नगरपालिकाका विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, नागरिक समाज, सामाजिक संस्थासँग जिल्लाको विकास, समृद्धि, सभ्यता, संस्कारसहितको जीवन रुपान्तरण गर्ने शिक्षाका बारेमा प्रशिक्षण दिइएको नेपाल राष्ट्रिय आयोगका सचिवालय सचिव गोविन्द अर्यालले बताए ।
निमित्त नेपाल राष्ट्रिय आयोगका सचिवालयका सचिव गोविन्द अर्यालले समाजमा सकारात्मक रुपान्तरणका विषयमा जिल्लाको वस्तुस्थितिको विषयमा जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताए ।
उनले समाजमा भएका विकृति कम गर्दै हाम्रो संस्कृतिको सम्मान र संरक्षण गर्न आवश्यक भएकाले सिञ्जा सभ्यता, खस सभ्यताको विषयमा जानकारी लिनेसमेत बताए ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत आयोगको सचिवालय रहेको बताउँदै उनले काम गर्ने क्रममा विभिन्न चुनौती र समस्या रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १५ : ०९
लेखकबाट थप