काठमाडौं । सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ ।
नियमित खोप कार्यक्रममा राखेर स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आउँदो चैत २५ देखि वैशाख १८ गतेसम्म सो खोप अभियान सञ्चालन गर्न लागेको हो । यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको शाखाप्रमुख सागर दाहालले जानकारी दिए ।
त्यसका लागि प्रदेशस्तरमा स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको दाहालले बताए । ग्लोबल भ्याक्सिन अलायन्स (गाभी)को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गर्न लागेको हो । यो खोप विद्यालयमै दिइने खोप शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १४ : ०९
लेखकबाट थप