काठमाडौं । गैरआवासीय नेपाली संघ विभाजित भएसँगै आफूलाई आधिकारिक देखाउन दुबै पक्षले कसरत बढाएको छ । संस्थापन पक्षले आगामी मार्च २४ र २५ तारिखका दिन निर्वाचनको मिति तोकेकै बेला शेष घले पक्षले पनि सोही दिनमा विश्व सम्मेलनको मिति तय गरेको छ ।
यही बीचमा कुमार पन्त नेतृत्वको संस्थापन पक्षले उपाध्यक्ष सोनाम लामाले संघको बिरुद्धमा सामानन्तर सम्मेलनको आयोजना गरेको भन्दै आक्रोश पोखेका छन् । प्रवक्ता डीबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराइएको छ । संस्थालाई अहित हुने गतिविधिमा संलग्न भए संघको विधान बमोजिम कारवाहीको प्रकृया अघि बढाइने समेत संस्थापनले चेतावनी दिएको छ ।
एनआरएनएमा काँग्रेस र कम्युनिस्टमा कित्ताकाट हुँदै संस्था नै विभाजित बनेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए सचिवालय तत्काल नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न आइसीसीले दियो निर्देशन
एनआरएनए विभाजित गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री आफैं सक्रिय
गैंडाकोटका गैरेद्वय एनआरएनए सचिवमा निर्वाचित
‘एनआरएनए’ एकता महाधिवेशन सम्पन्न
एनआरएनएको एकता महाधिवेशनका लागि काठमाडौँमा चहलपहल
सर्वोच्चमा के थियो आरके शर्माको मुद्दा ?