काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिको लागि एमसीसी स्वीकारिएको बताएका छन् । घरघर जाउँ, कांग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।
एमसीसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे । नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको भेलालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन ।
उनले भने, ‘देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको बिरोध गर्नुको कुनै अर्थ छैन, यस्ता भ्रमको पछि नलागौँ । परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनु पर्नेमा जोड दिए ।
मुलुकमा विद्युत तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पु¥याउने भएकाले यसका विरुद्धका प्रचार तथा नकारात्मक टीका टिप्पणीको पछि नलाग्न आग्रह गरे ।
नेता शर्माले स्थानीय निर्वाचनमा जनकपुरमा गठबन्धन भयो भन्दैमा उदयपुरमा पनि हुनु पर्छ भन्ने छैन, त्यसैले गठबन्धन हुने नहुने टुंगो छैन पहिला आफ्नो नेपाली कांग्रेसलाई बजबुद बनाउन आग्रह गरे । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काग्रेस उदयपररले १ महिने अभियानका लागि ७५ वटै वडामा जिम्मेवारी तोकिएको छ । पार्टीले टिकटको लागि माथिबाट हस्तक्षेप गर्दैन र हाम्रालाई हैन, राम्रालाई जिताउँने आधारहरु देखेर मात्र पार्टीले उम्मेदवारी दिने छ, उनले भने ।
केन्द्रीय सदस्यहरु प्रदिप सुनुवार, लक्ष्मी परियार, नारायण कार्की, संविधान सभा सदस्य शान्तिदेवी चौधरी, नेपाली काग्रेस जिल्ला सभापति प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की क्षेत्रीय सभापतिहरु खगेन्द्र राई, रामकुमार राई, पूर्व जिल्ला सभापति अर्जुन खड्का लगायतले उपस्थित रहेको थियो । कार्यक्रममा नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी पार्टी प्रबेश गर्नेहरुलाई महामन्त्री शर्माले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० फागुन २०७८, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा
संस्थापन पक्षलाई विश्वप्रकाशको प्रश्न- विधानअनुसार हस्ताक्षर संकलन गर्दा पार्टी कसरी कमजोर हुन्छ ?
‘देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन हुनुपर्छ’ : विश्वप्रकाश शर्मा
चार शक्तिशाली आयोग बनाउन विश्वप्रकाशको माग