विवादमा प्रकाश सपुतको गीत, माओवादी महिला छापामारको गरे अपमान

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, २१ : ३४
विवादमा प्रकाश सपुतको गीत, माओवादी महिला छापामारको गरे अपमान

काठमाडौं । सामाजिक विकृति तथा बिसंगतिबारे गीतको माध्यममार्फत प्रस्तुत गर्दै आएका प्रकाश सपूतका गति चर्चित छन्, उति नै विवादमा पनि तानिँदै आएका छन् । 

कुनैबेला दोहोरी ब्याटलका कारण आलोचित उनले सामाजिक विषयवस्तुमा गीत बनाएपछि त्यो दाग मेटेपनि उनको आलोचना भने हुन छाडेको छैन । गलबन्दी च्यातियोमा गीत नै चोरेका उनले अहिले माओवादी जनयुद्धमाथि धावा बोल्ने प्रयास गरेका छन् । 

शुक्रबार सार्वजनिक उनको एउटा गीत यतिबेला तीव्र आलोचित बनेको छ । माओवादी जनयुद्धमा होमिएकी महिला कमाण्डर (छापामार) लाई यौनकर्ममा लागेको रुपमा उनले चित्रित गरेपछि उनी आलोचित भएका हुन् । उनले बिम्बको रुपमा त्यो दृश्य प्रयोग गरेपछि अहिले उनीमाथि तीव्र आलोचना हुँदै उनले समग्र जनयुद्धकै बदनाम गर्न खोजेको आरोप मात्रै लागेको छैन उनी कतैबाट परिचालित भएको पनि टिप्पणी भएको छ । 

दलित समूदायका प्रकाश सपूतजस्तालाई समानताको हक दिलाउने माओवादी युद्धको नतिजाले नै दिएको थियो । तर, उनै सपूत यतिबेला माओवादी जनयुद्धको उपलब्धिलाई नै बदनाम गर्ने बाटेमा अग्रसर भएका हुन् । 

‘गीत रचना र छायांकन गर्न सबैलाई छुट छ तर तथ्यलाई भ्रामक र गलतरुपमा प्रस्तुत गर्ने छुट कसैलाई छैन’, पूर्व जनमुक्ति सेना कमाण्डर तथा सांसद कमला रोकाले भनिन्, ‘अंशमा देखिने कुरालाई प्रस्तुत गर्दा जनमुक्ति सेनामा एतिहासिक बलिदान, त्याग र सौर्य प्रदर्शन गरेका हजारौं महिलाको अपमान प्रकाश सपुतको गीतले गरेको छ।” नेपाली समाजमा व्याप्त शोषण, दमन, अत्याचार र उत्पीडनविरुद्ध सुरु भएको जनयुद्धमा ४० प्रतिशत बढी महिलाहरुको संघर्षपूर्ण योगदान रहेको बताउँदै रोकाले सपुतको गीतले भने जनयुद्धका उपलब्धिलाई पुरै उपेक्षा गरेर अंशलाई नै सत्य बनाएर भ्रम छर्न खोजेको बताइन्। 

नेतृ रोकाले प्रकाश सपुतले जनयुद्ध, त्यसको ऐतिहासिक सन्दर्भ र त्यसको उपलब्धिबारे सतहि बुझाई राखेको बताइन् । 

यसैगरी अखिल क्रान्तिकारीकै अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् । अन्य धेरै सरोकारवाला सपुतमाथि खनिएका छन् ।

प्रतिक्रिया दिनुहोस