काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचत मिति परिवर्तन भएको छ । संघको निर्वाचन अधिकृतको कार्यालय, बालुवाटारले शनिबार एक सूचना प्रकाशित गर्दै निर्वाचन तीन दिन पर धकेलेको हो ।
यसअघि चैत ७ र ८ गते विद्युतिय माध्यमबाट हुने भनि तय गरिएको मतदान प्राविधिक पक्षको बहाना बनाएर चैत १० र ११ गते सार्न लागिएको हो । निर्वाचन समितिले जारी गरेको सूचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षबाट लिखित निर्देशन आएको विषय पनि उल्लेख गरिएको छ ।
निर्वाचन मिति परिवर्तन भएसँगै निर्वाचन अधिकृतको कार्यालयले निवाचन कार्यतालिकासमेत संशोधन गरेको छ । नयाँ तेतृत्व चयनका लागि हुन लागेको संघको निर्वाचन यसअघि पनि पटक–पटक सर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा