काठमाडौं । रुसको आक्रमणका कारण असुरक्षित बनेको युक्रेनबाट चार नेपाली स्वदेश आइपुगेका छन् । उनीहरू आज (शनिबार) दिउँसो नेपाल आइपुगेको सरकारले जनाएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको हो ।
भारत सरकारले युक्रेनबाट आफ्ना नागरिक उद्धारका क्रममा जहाजमासँगै नेपालीलाई पनि ल्याएको हो ।उनीहरु नयाँ दिल्ली हुँदै शनिबार नेपाल आइपुगेका हुन् । स्वदेश आइपुगेका उनीहरुको परिचय प्राप्त हुन बाँकी रहेको छ ।
गत साता पनि भारतीय सरकारले युक्रेनबाट पोल्यान्ड पुगेका एक नेपालीको उद्धार गरेकोथियो । अहिलेसम्म युक्रेनबाट भारतले ५ नेपालीलाई स्वदेश फर्किन सहयोग गरेको छ ।भारतको सहयोगमा नेपाली स्वदेश फर्केपछि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय सरकारलाई धन्यवाद समेत दिएका छन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु