इन्धन खरिद सम्झौता नवीकरणको तयारी

पत्रपत्रिकाबाट

विहीबार, २६ फागुन २०७८, ०८ : ३१
इन्धन खरिद सम्झौता नवीकरणको तयारी

काठमाडौं । नेपालले पेट्रोलियम पदार्थ खरिदका लागि भारतसँग गरेको सम्झौता नवीकरण हुने भएको छ । प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार नेपालको तर्फबाट छलफल सुरु भएको छ ।

भारतसँगको सम्झौता यही मार्च २७ तारिखमा सकिने भएकाले नवीकरणका लागि छलफल थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । दुई देशबीच सहसचिवस्तरीय भर्चुअल बैठक भएको मन्त्रालयको भनाइ छ ।

नेपालको तर्फबाट मन्त्रालयकी सहसचिव राधिका अर्याल र भारतको तर्फबाट पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सहसचिव इशा श्रीवास्तवबीच भर्चुअल छलफल भएको खबर कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस