काठमाडौं । पोखराबाट स्याङ्जातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बुधबार साँझ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्थित स्याउलीबजारमा ग १ ज ६५४४ नम्बरको जिप अनियन्त्रित भइ सडकको बाया तर्फ नालीमा पल्टिँदा ६ जना घाइते भएका हुन् ।
घाइतेमा व्यास नगरपालिका वडा नम्बर १ का पदम थापा, स्यांजाको चापाकोटका इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना र क्याम बहादुर राना रहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
घाइते मध्ये २ जनाको जीपी कोईराला स्वास प्रश्वास केन्द्र बेलचौतारार अन्य ३ जनाको पश्चिमा क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु