काठमाडौं । पोखराबाट स्याङ्जातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बुधबार साँझ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्थित स्याउलीबजारमा ग १ ज ६५४४ नम्बरको जिप अनियन्त्रित भइ सडकको बाया तर्फ नालीमा पल्टिँदा ६ जना घाइते भएका हुन् ।
घाइतेमा व्यास नगरपालिका वडा नम्बर १ का पदम थापा, स्यांजाको चापाकोटका इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना र क्याम बहादुर राना रहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
घाइते मध्ये २ जनाको जीपी कोईराला स्वास प्रश्वास केन्द्र बेलचौतारार अन्य ३ जनाको पश्चिमा क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते