वडाअध्यक्ष टिका रिजाल माथि हातपात गर्नेहरुलाई तुरुन्तै पक्राउ गर्न एमाले चितवनको माग

अपराधी नजिक नजिक पुगेको प्रजिअ तामाङको भनाई

प्रकाश सिग्देल

बुधबार, २५ फागुन २०७८, १८ : ०३
वडाअध्यक्ष टिका रिजाल माथि हातपात गर्नेहरुलाई तुरुन्तै पक्राउ गर्न एमाले चितवनको माग

चितवन । कालिका नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष टिका रिजाल माथी आक्रमण गर्नेहरुलाई तुरुन्तै पक्राउ गरी कारबाही गर्न माग गर्दै नेकपा एमाले जिल्ला कमिटी चितवनले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । 

२३ गते कार्यकक्षमा रहेर काम गरिरहेको बेलामा आएका अज्ञात समुहले रिजाललाई हातपात गरेर , कालोमोसो दलेर फरार भएका थिए । घटनामा संलग्न लाई तुरुन्तै पक्राउ गरी कारबाही गर्न माग गर्दै  कालिका नगर कमिटीले जिल्ला कमिटि माफर्त  प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बुझाईएको हो । अपराधिक मनोबृतिका अराजक झुण्ड बाट वडा अध्यक्ष माथी भएको ज्यादतीको घोर निन्दा गर्दै अपराधीलाई तुरुन्तै पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रजिअलाई ज्ञापन पत्र बुझाएको एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए ।

प्रशासनमा आएका सयौको संख्यामा स्थानियहरुले अपराधीलार्ई कडा कारबाहीको माग गर्दै नारा जुलुस गरेका थिए । नगरपालिकाको तर्फबाट पनि बिज्ञप्ति जारि गर्दै नगरप्रमुखले घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी तामाङले छिटो भन्दा छिटो अपराधमा संलग्नहरुलाई पक्राउ गरी कडा कारबाही गरिने बताए । प्रहरी प्रमुख, राजनितिक दल सबै संग बारम्बार समन्वय गरी काम भईरहेको बताउदै उनले छिटै अपराधीहरु पक्राउ पर्ने दाबी गरे । करिब २ बर्ष अघि उक्त वार्डको वडाअध्यक्षको कार्यकक्षमा अज्ञात समूहले रातको समयमा आगजनी समेत गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस