काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । बुधबार राजदूत यान्छीले खुमलटारस्थित निवासमा पुगेर अध्यक्ष प्रचण्डलाई भेटेकी हुन् ।
भेटका क्रममा अध्यक्ष प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका सम्बन्धबारे छलफल केन्द्रित भएको स्रोतले जानकारी दिएको छ ।
चीनका विदेशमन्त्री यीले चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने तयारी गरेका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आंकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड
नवीन सोच र दीर्घकालीन दृष्टिकोणसहितको शक्ति नेकपा : ‘प्रचण्ड’
रुकुम पूर्वका मतदातासँग प्रचण्ड ६ दिन आफैं मत माग्न पुग्ने, यस्तो छ कार्यतालिका
प्रचण्ड फर्किँदा पूर्वी रुकुम किन फेरि उत्साहित छ ?
डा. बाबुराम भट्टराईका पिताप्रति ‘प्रचण्ड’द्वारा श्रद्धाञ्जली अर्पण
सामाजिक सञ्जालको ‘स्टन्ट’ र लोकप्रियतावाद लोकतन्त्रका लागि खतराः प्रचण्ड