गण्डकी । “स्वस्थ, अनुशासित, सुरक्षित तथा उत्कृष्ठ तेक्वान्दो खेलाडीहरु उत्पादन गर्ने” उद्देश्यका साथ फाल्गुन २६ र २७ गते पोखरामा हुन गइरहेको गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा भएको छ ।
गण्डकी प्रदेश तेक्वान्दो संघद्धारा आयोजना हुने सो प्रतियोगितामा यस प्रदेशका ७ जिल्लाका १ सय १४ खेलाडीले भाग लिने संस्थाका अध्यक्ष जगन बहादुर गुरुङ्गले जानकारी दिए ।
यस प्रतियोगिताबाट छनोट भएका २६ खेलाडीहरु राष्ट्रिय टिममा भाग लिन पाउने छन् । प्रतियोगिताका गण्डकी प्रदेशका कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, गोरखा र नवलपुरका खेलाडीले प्रतिसपर्दा गर्नेछन् ।
जसमा सिनियर तर्फ १६ र जुनियर तर्फ १० गरि जम्मा २६ तौल समुहमा खेल हुनेछ । जुनियर महिला तर्फ ४४ के.जि. ६८ के.जि. सम्म र जुनियर पुरुष तर्फ ४८ के.जि. देखि ७८ के.जि. सम्मका खेल हुनेछन् ।
त्यसैगरि महिला सिनियर तर्फ ४६ के.जि. देखि ७३ के.जि. माथि सम्म र सिनियर पुरुष तर्फ ५४ के.जि. देखि ८७ के.जि. माथि सम्ममा खेल हुने कुरा कार्यक्रम संयोजक रमेश पौडेलले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि २० जना अफिसियल र २० जना प्राविधिकहरु सहित २ जना स्वयंसेवक रहेको प्रतियोगिताका प्राविधिक निर्देशक एवम नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखे्रलले जानकारी दिए ।
अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी मेडल ल्याउने खेलका रुपमा रहेको तेक्वान्दो खेललाई अझै प्रभावकारी बनाउन र सक्षम खेलाडी उत्पादन गर्न प्रदेशले विभिन्न गतिविधि गदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिकसामु देख्न सक्ने र छुन सक्ने अवस्थामा उभिएका छौं : मुख्यमन्त्री पाण्डे
दोस्रो पञ्चवर्षिय योजनामा कार्यान्वयन हुने योजना मात्रै समेटिनेछ : मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्री पाण्डे र यूएनडीपीका आवासीय प्रतिनिधिबीच कागबेनीको पुन निर्माणका विषयमा छलफल
आत्महत्या रोक्ने मुख्य उपाय सचेतना हो : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश भलिबल सङ्घले गर्यो योगदान दिने ४ जनालाई सम्मान
गण्डकीमा स्याउ खेती विस्तार