स्पेनिस ला लिगा - लेभान्टेमाथि बिल्वाओको सहज जित

सफल खबर संवाददाता

मंगलबार, २४ फागुन २०७८, ११ : ४२
स्पेनिस ला लिगा - लेभान्टेमाथि बिल्वाओको सहज जित

एजेन्सी । स्पेनिस ला लिगामा एथलेटिक बिल्वाओले सहज जित निकालकोे छ । गएराति भएको खेलमा बिल्वाओले लेभान्टेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।बिल्वोओलाई जित दिलाउनको लागि मिकेल भेस्गा, इनाकी विलियम्स र ओइर जाररागाले समान एक–एक गोल गरे । लेभान्टेका जर्ग डि फ्रटोसले एक गोल फर्काए ।

खेलको ६३औँ मिनेटमा मिकेल भेस्गाले गोल गर्दै बिल्वाओलाई अग्रता दिलाएका थिए । ७६औँ मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारे ।

८८औँ मिनेटमा ओइर जारररागाले पेनाल्टीमा गोल गर्दै बिल्वाओलाई ३(० ले अघि बढाए । इन्ज्युरी समयमा जर्ग डि फ्रुटोसले गोल गरे पनि लेभान्टेको हार टर्न सकेन ।यो जितसँगै बिल्वाओ ४० अंक जोडर आठौं स्थानमा यथवात रहेको छ । पराजित लेभान्टे १८ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस