कहाँ रोकियो रुसी सेनाको ४० माइल लामो बख्तरबन्दको लस्कर ?

एजेन्सी

सोमबार, २३ फागुन २०७८, १२ : ५२
कहाँ रोकियो रुसी सेनाको ४० माइल लामो बख्तरबन्दको लस्कर ?

किभ । युक्रेनको राजधानी सहर किभतर्फ केही दिनअघि बढेको रुसी सशस्त्र फौजको ४० माइल लामो बख्तरबन्दहरुको लस्कर पछिल्ला केही दिनयता रोकिएको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका छन् । 

बख्तरबन्दहरुको लस्कर बेलारुसको सीमाबाट राजधानीतर्फ बढिरहेको थियो । बख्तरबन्दको लस्करलाई फेब्रुबरीमा स्याटलाईट तस्बिरमा पहिलो पटक देखिएको थियो ।  ‘रुसी अक्षतर्फ कुनै महत्वपूर्ण गतिविधि भएको देखिदैन, ’ एक अमेरिकी अधिकारीको भनाई उदृत गर्दै रोयर्टसले लेखेको छ, ‘ प्रमुख तत्वहरू यी शहर केन्द्रबाहिर रहन्छन् । ’

‘बख्तरबन्दको गति अवरोध हुने क्रम जारी’ रहेको उनको भनाई छ । रसियाले सीमामा जम्मा गरेको सेना उसको सैन्य शक्तिको झण्डै ९५ प्रतिशत भएको अमेरिकी गुप्तचर निकायको अनुमान छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनाले युक्रेनमा सर्वसाधारणमाथि जानी जानी हमला गरेको आफूहरुसँग विश्वसनीय रिपोर्ट रहेको दाबी गरेका छन् । -एजेन्सी

 

प्रतिक्रिया दिनुहोस