जुम्ला । चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने (महत) ले जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएकी छन् ।
जनतासँग नगर उपप्रमुखु कार्यक्रम अन्तर्गत २ सेट भलिबल, ४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड प्रदान गरिएको हो । शुद्ध खानेपानीका लागि ५ वटा फिल्टरसमेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।
उपमेयर न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटर कारागार भित्रका समस्याका बारेमा जानकारीसमेत लिएकी छन् । जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन् । कारागारका कैदी खड्कजीत रोकायाले खेलकुद सामग्रीले निकै राहत भएको बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका चार सय ६१ कैदीबन्दी अझै फरार
भारत छिरे जेलबाट भागेका १० भारतीयसहित ११ कैदीबन्दी
‘प्यारोल’बाट ३७ जना कैदीहरू छुटे
काठमाडौँका कैदीबन्दी धमाधम नुवाकोट कारागारमा स्थानन्तरण