जुम्ला । चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने (महत) ले जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएकी छन् ।
जनतासँग नगर उपप्रमुखु कार्यक्रम अन्तर्गत २ सेट भलिबल, ४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड प्रदान गरिएको हो । शुद्ध खानेपानीका लागि ५ वटा फिल्टरसमेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।
उपमेयर न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटर कारागार भित्रका समस्याका बारेमा जानकारीसमेत लिएकी छन् । जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन् । कारागारका कैदी खड्कजीत रोकायाले खेलकुद सामग्रीले निकै राहत भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा एक कैदीबन्दीको मृत्यु
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्
गण्डकीका चार सय ६१ कैदीबन्दी अझै फरार
भारत छिरे जेलबाट भागेका १० भारतीयसहित ११ कैदीबन्दी
‘प्यारोल’बाट ३७ जना कैदीहरू छुटे