बारा काँग्रेसमा मतदान प्रक्रियामा धाँधलीः मतपत्र जलाएर मतदान प्रक्रिया स्थगित

पत्रपत्रिकाबाट

आइतबार, २२ फागुन २०७८, ०७ : ५६
बारा काँग्रेसमा मतदान प्रक्रियामा धाँधलीः मतपत्र जलाएर मतदान प्रक्रिया स्थगित

बारा । नेपाली काँग्रेस बाराको १४ औँ अधिवेशन अन्तर्गत शनिबार गरिएको मतदान प्रक्रियालाई स्थगित गरेर  मतपत्रलाई जलाइएको छ।

सभापति पदका  उम्मेदव राजेश राय यादवले  जबरजस्ती अरुको मत खसाउने गरेको भेटिए पछि खसेको मतपत्रलाई बदर गरि जलाउने काम गरिएको नेपाली काँग्रेस कलैया उपमहानगरपालिकाका नगर सचिव मुकेश यादवले बताएका छन्।

निर्वाचन क्षेत्र नम्बर ४ को मतदाताहरुको मतपत्र लिएर कलैया उपमहानगरपालिकाको प्रमुख समेत रहेका यादवले मत खसाउन थाले पछि मतदान स्थालमा तथान नै उत्पन्न भएको छ। नेपाली काँग्रेस बाराका सभापति जयचन्द चौरसियाले सभापतिको उम्मेदवारले नै अरुको मतपत्र खोसेर आफनो लागि मत गरेको कार्यले मतदान प्रक्रियामा नै धाधलि गरिएकोले गरिएको मतपत्रहरुलाई बदर गर्न माग गरिएको बताएका छन्।

सभापति उम्मेदवार राजेश राय यादवले जबरजस्ती अरुको मतपत्र लिएर मतदान गरेको देखे पछि सभापतिका अर्का उम्मेदवरहरु शम्भुबहादुर बुढाथोकी र रामानन्द यादव प्यानलले बिरोध गर्दा मतदान स्थल रहेको श्री सिद्धेश्वर संस्कृत बिद्यालयमा शनिबार बेलुवा दुई समुह बिच झडपको अवस्था सृजना भएको थियो।

शनिबार मतदानमा व्यापक अनियमिता गरिएको कारणले तनावपुर्ण अवस्था सृजना भएकोले शनिबार गरिएको मतदान प्रक्रिया नै रद गरिएको  निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताएका छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस