जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १७ : ४६
जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच  झडप

जनकपुरधाम । सप्तरीको राजविराजमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा भिड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्दा जनमतका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेहरुमा संजय यादज, राजेश यादव, साधन दास, कल्पना यादव र प्रभु यादव रहेको जनमत पार्टीले जनाएको छ । उनीहरुले स्थानीय अस्पतालमा उपचार गराएका छन् ।

प्रतिक्रिया दिनुहोस