पाकिस्तानको पेशावरस्थित शिया मस्जिदमा बम विस्फोट, २० जनाको मृत्यु

एजेन्सी

शुक्रबार, २० फागुन २०७८, १७ : ०९
पाकिस्तानको पेशावरस्थित शिया मस्जिदमा बम विस्फोट, २० जनाको मृत्यु

पेशावर  । पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । विस्फोटमा परी दर्जनौं घाइत भएका छन् । 

उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थलबाट १५ वटा एम्बुलेन्समा घाइतेहरु अस्पताल तर्फ पठाइएको छ । स्थानीय मिडियाहरुले विस्फोटलाई हात्मघाती आक्रमण भएको उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस