बाँकेमा विभिन्न हातहतियार सहित ३ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १३ : ५१
बाँकेमा विभिन्न हातहतियार सहित ३ जना पक्राउ

बाँके । प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट विभिन्न हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् । 

उनीहरुको साथबाट मेड इन यूएसए लेखेको एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, ९ राउण्ड गोली, एक थान खुडा र दुई थान नोक बरामद गरिएको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगंजबाट राप्ती नदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा हातहतियार सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस