काठमाडौँ । एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै ननस्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।
नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १२५ रुपैयाँमा प्रयोग गर्न सक्छन् । त्यस्तै ननस्टप युट्युब प्याक अन्तर्गत ग्राहकले करसहित १४७ रुपैयाँमा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा ननस्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस युट्युब प्याकमा यहीं मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए, अब यो भोल्युम बढेर ४ जीबी भएको कम्पनीले जनाएको छ ।
यी प्याकहरु आज मंगलबारबाट सञ्चालनमा ल्याइएका हुन् । एनसेलका अनुसार ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक प्रयोग थाल्न सक्छन् । त्यस्तै ग्राहकले ननस्टप युट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ डेटा बण्डल पनि एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार प्रयोग थाल्न सक्छन् । ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुरु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ फागुन २०७८, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेलको सिइओमा माइकल फोले नियुक्त
शुक्रबार एनसेलको सेवा तीन घण्टा अवरुद्ध हुने
एनसेलले भन्यो-‘हामी फेरि उठ्ने छौँ, तपाईँहरू सँगै’
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी