काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४३ दशमलव १० अंकले घटेको छ । कारोबार बढेर सुरू भएपनि अन्तिम समयमा ४३ अंकभन्दा बढीले घट्दै परिसूचक २६१० अंकमा झरेको हो ।
सोमबार नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक दोहोरो अंकले घटेको दिन सबै समूहमा गिरावट आएको छ ।सबैभन्दा बढी जीवन बीमा समूहमा २९५ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहमा २६८ अंकको गिरावट आएको छ ।
यसैगरी, उत्पादनमूलक समूहमा १२९ अंकको तथा जलविद्युत समूहमा १०२ अंकको गिरावट आएको छ । आज सामलिङ पावर कम्पनी र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।यी दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ फागुन २०७८, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार