काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीलाई आन्दोलनरत पक्ष र त्रिवि पदाधिकारीको वार्ताबाट टुंगो लगाउन आग्रह गरेको छ ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गरी तालाबन्दीले शिक्षाको अधिकार उपभोगमा असर पर्ने भन्दै संवेदनशील भई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गरी आन्दोलनरत पक्ष र पदाधिकारीबीच वार्ताको वातावरण बनाई विश्वविद्यालयबाट सञ्चालन हुने पठनपाठन, परीक्षालगायतका कुनै नियमित गतिविधिमा अवरोध नपुर्याउन आग्रह गरेका छन् ।
नेपाल विद्यार्थी संघ र आंशिक प्राध्यापक संघले विभिन्न माग राख्दै केही महिनादेखि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयलगायतमा तालाबन्दी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ फागुन २०७८, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगले जेनजी आन्दोलनको प्रतिवेदन अझै तयार पार्न सकेन
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
हिरासतका समस्या समाधान गर्न गम्भीर बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह
शान्ति सुरक्षा बलियो बनाउन र संयमित रहन आयोगको आग्रह
मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी
शान्ति सुरक्षा मजबुत बनाउनू: मानव अधिकार आयोग