काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीलाई आन्दोलनरत पक्ष र त्रिवि पदाधिकारीको वार्ताबाट टुंगो लगाउन आग्रह गरेको छ ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गरी तालाबन्दीले शिक्षाको अधिकार उपभोगमा असर पर्ने भन्दै संवेदनशील भई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गरी आन्दोलनरत पक्ष र पदाधिकारीबीच वार्ताको वातावरण बनाई विश्वविद्यालयबाट सञ्चालन हुने पठनपाठन, परीक्षालगायतका कुनै नियमित गतिविधिमा अवरोध नपुर्याउन आग्रह गरेका छन् ।
नेपाल विद्यार्थी संघ र आंशिक प्राध्यापक संघले विभिन्न माग राख्दै केही महिनादेखि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयलगायतमा तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ फागुन २०७८, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगको प्रतिवेदनप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि
जेन जेड आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
ओली, लेखक र गुरुङलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस
अनलाइन सञ्चारमाध्यम नियमन कडा बनाउन मानव अधिकार आयोगको सरकारलाई निर्देशन
सुकुम्वासीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगको टोली स्थलमा
मधेस प्रदेश प्रमुखसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस