पहिला चुपचाप बस्ने अनि अहिले विरोध गर्ने ? राजनीतिबाट सन्यास लिए हुन्छ: बाबुराम भट्टराई

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १६ : ५०
पहिला चुपचाप बस्ने अनि अहिले विरोध गर्ने ? राजनीतिबाट सन्यास लिए हुन्छ: बाबुराम भट्टराई

काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष तथा सांसद डा बाबुराम भट्टराईले जनताको सर्वाेच्च संस्था संसद् ६ महिनादेखि बन्धक बनाइएकोमा जनतासँग क्षमा याचना गरेका छन् । गत २३ भदौदेखि संसद बैठकमा एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेकोप्रति इंगित गर्दै उनले संसद्लाई बन्धक बनाइएको भन्दै क्षमता याचना गरेका हुन् । 

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले सत्य बोल्न आँट गर्दै आफू उभिएको भन्दै एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने बताए । 

सत्य बोल्ल्न डराउन नहुने भन्दै उनले भने, ‘सबै प्रधानमन्त्रीको पालामा अघि बढाइएको हो । मेरो प्रधानमन्त्रीकालमा पनि अघि बढाइएको हो । तर, त्यतिखेर कानमा तेल हालेर बसेर अहिले विरोध गर्ने ? राजनीतिबाट सन्न्यास लिए हुन्छ । नेपालको लागि योग्य रहेका जानकारी आएपछि अघि सम्झौता प्रक्रिया अघि बढाइएको हो ।’ 

सम्झौताको भाषा केही घोच्ने खालका रहेको भन्दै उनले तर, अन्तर्राष्ट्रिय भाषा प्रयोग भएको बताए । एमसीसी नेपालको हितमा रहेकाले अनुमोदन गर्नुपर्नेमा उनको जोड छ । अहिले केही साथीहरूले व्याख्यात्मक घाेषणा गरी एमसीसी अनुमाेदन गर्न सहमत भएकाे सुनेकाे भन्दै उनले माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताप्रति व्यंग्य पनि गरे । उनले नेपाल अब सिंगापुरकाे बाटाेमा अघि बढ्ने कि अर्काे बाटाेमा जाने भन्दै एमसीसीले देशकाे विकास मार्गमा लागाैं भनेर सुझाव दिए । 

बाबुरामले खाेक्राे राष्ट्रवादकाे नारा जपेर मात्र बस्न नमिल्ने बताए । उनले बिप्पा र बीआरआई सम्झाैताबाट पुँजी र प्रविधि भित्र्याउनुपर्ने उल्लेख गरे । एमसीसी अलिकति अप्रिय भए पनि देशकाे पक्षमा रहेकाे दाबी गरे ।

प्रतिक्रिया दिनुहोस