काठमाडौं । साताको पहिलो दिन आइतबार झिनो अंकले घटेर सेयर बजार बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६ सय ५३ दशमलव ७० अंकमा झरेको हो ।
समग्र कारोबार मापन गर्ने नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७३ अंकले घटेको छ । कारोबार रकममा पनि आइतबार उल्लास देखिएन । दिनभर भएका ४९ हजार ६ सय ७० कारोबारबाट २२४ कम्पनीका ७० लाख ४० हजार ५६३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँ भएको छ ।
बजार घटेपनि हाइड्रोपावर कम्पनीहरु र अन्य समूहमा रहेका केही कम्पनीहरुको सेयर मूल्य भने राम्रै बढेको छ । धेरै बढ्नेमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहको सेयर पहिलो नम्बर देखिएको छ । यस कम्पनीको सेयर मूल्य २० रुपैयाँ १० पैसाले बढेको छ ।
यसैगरी नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १५ रुपैयाँ ८६ पैसाले बढेर ३ सय ६६ रुपैयाँ पुगेको छ । यसबाहेक चिलिमे, बरुण, आरएचपीएल, एचपीपीएल लगायतका कम्प्नीहरुको सेयर मूल्य भने राम्रै बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक