काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री र नेपाल सरकारा मुख्यसचिव शंकरदास बैरागीले अंग दान गर्ने घोषणा गरेका छन।
राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका हुन । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्नको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरु पु¥याउनु पर्ने भएको थप जनशक्तिको आवश्यक्त परिपूर्ति गर्ने पनि विश्वास व्यक्त गरे ।
मन्त्री खतिवडाले भने, ‘मैले अंग दान गर्ने घोषणा गरेँ, त्यसको लागि मालपोत कार्यालयमा कहाँ कहाँ ल्याप्चे लगाउँछन्, सही गराउँछन् त्यस्तै मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनु होला । चुनौतिले अवसर दिन्छ भनेजस्तै हामीलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुनको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरु पु¥याउन, स्वास्थ्य सामग्रीहरु पु¥याउन, अनेकौँ ढंगबाट भौतिक संरचनाहरु निर्माण गर्न, स्वास्थ्यमा थप जनशक्तिको आवश्यक्ता छ भन्ने कुरातर्फ ध्यान आकर्षण गराउन, यी हरेक क्षेत्रमा यो बीचको केही अवधिमा निकै राम्रो प्रगति गरेका छौँ । प्रगति गर्ने क्रममा नै छौँ ।’
त्यस्तै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले आफू अंग दान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरु सार्वजनिक गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर राख्ने घोषणा
स्वास्थ्य मन्त्री निशा मेहताद्वारा पदभार ग्रहण
औषधि उत्पादन विस्तार गरी आत्मनिर्भर बन्न उद्योगलाई स्वास्थ्य मन्त्रीको आग्रह
प्रयोगशालाकर्मीको पारिश्रमिक र जोखीम भत्ताका विषयमा मेलानले बुझायो स्वास्थ्य मन्त्री शर्मालाई माग पत्र
डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर: स्वास्थ्य मन्त्री पौडेल
थाइल्याण्डका नेपाली स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्री पौडेलद्वारा सुझाव संकलन