एमाले एमसीसी पास गर्ने अवस्थामा छैन – केपी ओली

रासस

शनिबार, १४ फागुन २०७८, १६ : ३२
एमाले एमसीसी पास गर्ने अवस्थामा छैन – केपी ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी पास गर्ने अवस्थामा नरहेको बताए । प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले सो कुरा बताए । अध्यक्ष ओलीले देश र जनताको हितभन्दा बाहिर आफ्नो पार्टी नजाने समेत उनले बताए । ‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ’, उनले भने, ‘संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने । संसद्मा नै हामीले सहभागी नगराएपछि एमसिसी पास गर्ने कसरी र फेल गराउने कसरी र 
अध्यक्ष ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताए  । उनले नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उल्लेख गरे । उनले एमाले नेपालको न्याय क्षेत्र स्वच्छ, पवित्र र निष्पक्ष ढङ्गले संविधानबमोजिम हुनुपर्ने मान्यता राखेको बताए ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई लगाइएको महाअभियोग पारित गर्न नल्याएको स्पष्ट पारे । ‘राणालाई लगाएको महाअभियोग संसद्मा निर्णयार्थ प्रस्तुत हुने छैन’ उनले भने, ‘महाअभियोग निर्णयार्थ प्रस्तुत गर्न ल्याएको होइन ।’ सबै क्षेत्रमा न्याय र समानतासहितको समृद्ध नेपाल हुनुपर्नेमा उनले जोड दिए । सम्मेलनले नयाँ नेतृत्व चयनसमेत गर्ने छ । 


 

प्रतिक्रिया दिनुहोस