काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व मुख्यसचिव लीलामाणि पौडेलमाथि द्वन्द्वको भूमरीमा मलजल गरेको आरोप लगाएका छन् ।
पूर्वराजदुत समेत रहेका पौडेलले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले अर्थ सचिवको सरुवादेखि यसको पक्षमा वकालत गर्नेहरुलाई पैसा बाँडेको टिप्पणी गरेका थिए । पौडेल अहिले नेकपा (माओवादी केन्द्र) मा आवद्ध छन् । सोही टिप्पणीप्रति संकेत गर्दै डा. भट्टराईले उनलाई गम्भीर बन्न समेत आग्रह गरेका छन् ।
‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ? एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरूवीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्दको भूमरीलाई मलजल गर्ने ? सबै गम्भीर बनौं१,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
पचास करोड अमेरिकी डलरको एमसीसीलाई लिएर अहिले देश भित्र जनमत विभाजित बनेको छ । एमसीसीकै कारण सत्तारुढ दलहरुबीच मतभेद बढेको छ । सत्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेस हालकै अवस्थामा एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । सत्तारुढ अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने पक्षमा छन् ।
भट्टराईको पार्टी जनता समाजवादी पनि एमसीसीलाई लिएर विभाजित छ । भट्टराई पक्षधर नेताहरु एमसीसी हालकै अवस्थामा अनुमोदन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरु संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने अडानमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ फागुन २०७८, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई