काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सत्ता गठबन्धन अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई लिएर विभाजनको संघारमा पुगेको छ।
सरकारले प्रतिनिधिसभामा फागुन ८ गते पेस गरेको एमसिसी सम्झौताको पक्षमा उभिन सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) तयार नभएपछि गठबन्धनको औचित्य सकिएको हो।
माओवादी केन्द्र र नेकपा एसका शीर्ष नेताहरूले एमसिसी सम्झौताको पक्षमा कुनै पनि हालतमा मतदान गर्न नसकिने जनाएसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग नयाँ गठबन्धनका लागि छलफल थालेको छ।
सरकारले ल्याएको प्रस्तावको विपक्षमा उभिएर गठबन्धनलाई निरन्तरता दिने कुरा सम्भव नरहेको बताउँदै कांग्रेस महामन्त्री गगनकुमार थापाले भने, ‘अहिलेको सत्ता गठबन्धनको औचित्य करिब सकिएको छ। एमसिसी पारित गर्नेसहितका विषयलाई लिएर एमालेसँग सकारात्मक छलफल जारी छ।’ बिहीबार दिउँसो संसद्भवन नयाँबानेश्वर र साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफल भएको छ।
एमसिसी सम्झौता पारित गर्दै मुलुकलाई निकास दिन कांग्रेस र एमालेका शीर्ष नेता सैद्धान्तिकरुपमा सहमत भएका छन्। तर सरकारको नेतृत्व गरेको कांग्रेस र प्रमुख प्रतिपक्षमा रहेको एमालेले कसरी अघि बढ्ने भन्ने साझा बाटो अझै पहिल्याउन सकेका छैनन् । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १३ फागुन २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ दललाई आइलाग्यो आपत
आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
यी हुन् निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)
सत्तारुढ दलहरूको बैठक बस्दै
प्रमुख तीन दलबिच आज छलफल