रुकुम (पूर्व) । रुकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे –५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिए ।
उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी निरीक्षक बाँनियाले बताए । यस्तै दुर्घटनामा दुई घाइते छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका– ५ का २३ वर्षका रामआशिष चौधरी रहेका छन् ।
निरीक्षक बाँनियाका अनुसार उनीहरु लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए । सोही कन्स्ट्रक्सनकै टिपरले ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरुलाई किचेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते