मन्त्री झाँक्रीलाई सचेत गराउने एकीकृत समाजवादी मोर्चा संगठनको निर्णय

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १४ : ३७
मन्त्री झाँक्रीलाई सचेत गराउने एकीकृत समाजवादी मोर्चा संगठनको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीको मोर्चा संगठनले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई पार्टी निर्णय विपरीत अभिव्यक्ति नदिन सचेत गराउने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले मन्त्री झाँक्रीलाई सार्वजनिक अभिव्यक्ति दिँदा ध्यान पुर्‍याउन सचेत गराउने निर्णय भएको एक सहभागीले बताए । ‘अरु मन्त्रीहरुबारे पनि छलफल भएको छ । तर रामकुमारी झाँक्रीले लगातार पार्टी लाइन विपरीत अभिव्यक्ति दिइरहनुभएकाले सचेत गराउने निर्णय भएको छ’, ती सहभागीले भने ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेबारे पनि छलफल भएको थियो । तर मन्त्री झाँक्रीमा छलफल बढी केन्द्रित भएको नेताहरुले बताएका छन् । मोर्चा संगठनको प्रमुख उपमहासचिव विजय पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस