एमसीसीको पक्षमा उभिएपछि मन्त्री झाँक्रीको राजीनामा माग

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १४ : १६
एमसीसीको पक्षमा उभिएपछि मन्त्री झाँक्रीको राजीनामा माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेका छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् । 

काठमाडौंमा बुधबबार सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् । 

अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, शम्भु श्रेष्ठ, नरेश शाहीसहितले पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएकी पार्टी सचिवसमेत रहेकी झाँक्रीले मन्त्री पदबबाट राजीनामा दिनुपर्ने बताएका हुन् । 
 

प्रतिक्रिया दिनुहोस