काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा एमसीसीका विषयमा छलफलको कार्यसूची आजलाई सार्वजनिक भएको छ । जसलाई संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ । तर अर्थमन्त्री जनार्दन शर्मा पर्वत पुगेका छन् । जिल्ला उद्योग वाणिज्य संघको आज हुने साधरणसभालाई सम्बोधन गर्न उनी पर्वत पुगेका हुुन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तय भएको संघीय संसदले जनाएको छ । तर, उनी पर्वत पुगेका छन् ।
भोलि एमसीसीका बारेमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिनु पर्ने भएपछि त्यसलाई छल्नका लागि अर्थमन्त्री सामान्य कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर गएका छन् । सर्वाधिक चासो रहेको एमसीसीबारे संसदमा बहस हुँदा सम्झौताको एक पक्ष अर्थमन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ ।
उनी एमसीसीबारेको प्रस्ताव पेस गर्नु पर्ने भएपछि त्यसलाई छल्नका लागि उपत्यका बाहिर गएको चर्चा चलेकोको छ । गत ८ गते बसेको प्रतिनिधिसभा बैठकमा समेत मन्त्री शर्मा अनुपस्थिति भएसँगै सरकारका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट