काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा एमसीसीका विषयमा छलफलको कार्यसूची आजलाई सार्वजनिक भएको छ । जसलाई संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ । तर अर्थमन्त्री जनार्दन शर्मा पर्वत पुगेका छन् । जिल्ला उद्योग वाणिज्य संघको आज हुने साधरणसभालाई सम्बोधन गर्न उनी पर्वत पुगेका हुुन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तय भएको संघीय संसदले जनाएको छ । तर, उनी पर्वत पुगेका छन् ।
भोलि एमसीसीका बारेमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिनु पर्ने भएपछि त्यसलाई छल्नका लागि अर्थमन्त्री सामान्य कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर गएका छन् । सर्वाधिक चासो रहेको एमसीसीबारे संसदमा बहस हुँदा सम्झौताको एक पक्ष अर्थमन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ ।
उनी एमसीसीबारेको प्रस्ताव पेस गर्नु पर्ने भएपछि त्यसलाई छल्नका लागि उपत्यका बाहिर गएको चर्चा चलेकोको छ । गत ८ गते बसेको प्रतिनिधिसभा बैठकमा समेत मन्त्री शर्मा अनुपस्थिति भएसँगै सरकारका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने