काठमाडौं । नेपाली मानवअधिकारकर्मीहरुले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रह गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले बुधबार नेपालस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र समेत पठाएका छन् ।
प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र राजदूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । युद्धले लाखौ करोडौं मानिसहरुको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्ध हुनु हुँदैन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्छ भन्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा भर्खरै मात्र युक्रेन सन्दर्भमा रुसले गरेको निर्णयबाट समाजमा आवद्ध दशौँ हजार सदस्य तथा शुभचिन्तकहरु अत्यन्त चिन्तित भएको उल्लेख गरिएको छ ।
पत्रमा रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्नका लागि आग्रह गरिएको छ । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल,महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेणुका पौडेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ फागुन २०७८, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने
रुसको आर्थिक वृद्धिको गति सुस्त हुँदै गयो : पुटिन