एमसिसीबारे डा. भट्टराईले दिए दुई विकल्प, के हुन् ति विकल्प ?

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, ०८ : ०४
एमसिसीबारे डा. भट्टराईले दिए दुई विकल्प, के हुन् ति विकल्प ?

काठमाडौं । अमेरिकी अनुदान सहयोग (एमसिसी)  संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन्।

उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसिसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन्। तर, अहिलेको परिस्थितिमा यो सम्भव देखिँदैन। पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सत्तामा रहे पनि एमसिसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन्।  जसपाभित्र पनि दुई धार छ। गठबन्धनको नेपाली कांग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन।

भट्टराई लेख्छन्, ‘एमसिसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो। सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्रीरबाहिरी स्वीकार्यता रहन्न। यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ। कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपर्‍यो ! अर्को बाटो छैन! ’

प्रतिक्रिया दिनुहोस