चर्चित हलिउड अभिनेत्रीको रहस्यमय मृत्यु

एजेन्सी

मंगलबार, १० फागुन २०७८, ०८ : २७
चर्चित हलिउड अभिनेत्रीको रहस्यमय मृत्यु

एजेन्सी । हलिउडकी चर्चित फिल्म तथा टेलिभिजन अभिनेत्री लिजी एरिन पर्लम्यान लस एन्जलसमा रहस्यमय तरिकाले मृत फेला परेकी छन्।

केही दिनदेखि हराइरहेकी ४३ वर्षीया उनलाई खोज्न स्थानीयवासीहरूले प्रहरीसँग मद्दत मागेको र आइतबार दिउँसोदेखि हराएकी उनको मृत शरीर शुक्रबार स्थानीय एक व्यक्तिको घरनजिक उनकै कारभित्र फेला परेको डेली मेलमा प्रकाशित समाचारमा उल्लेख छ।

उनको कारभित्र विभिन्न औषधिका चक्की छरिएको अवस्थामा फेला परेकाले उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिए पनि प्रहरीले पत्ता लगाउन अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ।

मूलरूपमा सिकागोमा बस्ने लिजी लस एन्जलस जानुअघि रंगमञ्च कलाकार थिइन्। उनले जनरल हस्पिटल, द पर्ज, सिकागो जस्टिस जस्ता चचित कार्यक्रमलगायत केही फिल्ममा समेत काम गरेकी थिइन्। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस