काठमाडौं । नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (सोमबार) ९६ हजार २०० रुपैयाँमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको सुनको मूल्य ९६ हजार १०० रुपैयाँ तोकिएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोलामा ५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला १३०५ रुपैयाँ रहेको चाँदीको प्रतितोला मूल्य आज १३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ फागुन २०७८, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?