बाह्य ऋणमा कमी, डलर कारक

पत्रपत्रिकाबाट

सोमबार, ०९ फागुन २०७८, ०७ : ५१
बाह्य ऋणमा कमी, डलर कारक

काठमाडौं । सार्वजनिक ऋण १७ खर्बभन्दा बढी पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ६ महिनाको प्रतिवेदनका अनुसार १७ खर्ब २८ अर्ब रुपैयाँ सार्वजनिक ऋण तिर्न बाँकी देखिएको हो।

उक्त ऋणमा बाह्य ऋण ९ खर्ब ४८ अर्ब रहेको छ भने आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब पुगेको छ। ६ महिनामा आन्तरिक ऋण ६ अर्बले बढेको प्रतिवेदनमा उल्लेख छ। नेपाल राष्ट्र बैंकले जारी गरेको ६ अर्बको ट्रेजरी बिल ९घरेलु सापटी० का कारण आन्तरिक ऋण बढेको हो।

अमेरिकी डलरमा भएको उतारचढावका कारण बाह्य ऋणमा कमी भएको छ। विकास खर्चमा कमी र राजस्व प्रणाली तथा दायरामा आएको सुधारका कारण सरकारी ऋणको वृद्धिदरमा कमी देखिएको कार्यालयले जनाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस