स्पेनिस ला लिगा : रियल र एट्लेटिको विजयी

एजेन्सी

आइतबार, ०८ फागुन २०७८, ०८ : ३७
स्पेनिस ला लिगा : रियल र एट्लेटिको विजयी

file Photo

एजेन्सी । स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् । 

रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे । 

अर्को खेलमा भ्रमणकारी टोली एट्लेटिकोले ओसासुनालाई ३-० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो । एट्लेटिकोको जितमा  जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले एक एक गोल गरे । 

जितसंगै २५ खेलबाट ५७ अंक बनाएको रियल शीर्ष स्थानमा छ । एट्लेटिको भने समान खेलबाट ४२ अंक बनाएर चौथो स्थानमा छ  । यता पराजित अलाभेस २० अंक सहित रेलिगेशन जोनमा छ भने ओसासुना ३२ अंक सहित नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस