वैदेशिक रोजगारको नाममा लुटतन्त्र हाबी, ठुलाबडाकै संलग्नतामा मौलाउदैंछ यो धन्दा...

सफल खबर संवाददाता

शनिबार, ०७ फागुन २०७८, ०९ : २७
वैदेशिक रोजगारको नाममा लुटतन्त्र हाबी, ठुलाबडाकै संलग्नतामा मौलाउदैंछ यो धन्दा...

काठमाडौं । मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान कति छ भने कहिकतैबाट लुकेको छैन् । रोजगारीमा रहेका युवाहरुबाट रेमिट्यान्स नभित्रिदो हो भने मुलुकको आर्थिक अवस्था झनै जर्जर अवस्थामा पुग्ने निश्चित जस्तै छ । तर त्यही वैदेशिक रोजगारीको नाममा भइरहेको गलत धन्दालाई राज्यले रोक्नुको साटो झनै मलजल गर्ने काम गरिरहेको छ ।

विशेष गरी यतिबेला बुढानिलकण्ठ र बालुवाटारको नाममा त्यस्तो गलत धन्दालाई प्रश्रय दिने काम भइरहेको छ । विशेष गरी प्रधानमन्त्री पत्नी आरजु राणाको नाममा वैदेशिक रोजगारीको नाममा गलत धन्दा चलाउनेहरुले मोटो रकम उठाइरहेको पाइएको छ । सोही क्रममा  बायोमेट्रिक प्रणालीका नाममा स्वास्थ्य परीक्षणमा जस्तै मलेसियामा नेपाली कामदार पठाउनका लागि पनि निश्चित म्यानपावरलाई मात्र अनुमति दिई सिन्डिकेट खडा गर्ने चलखेल भइरहेको छ । 

देशभर जम्मा ३९ वटा स्वास्थ्य संस्थाले सिन्डिकेट कायम गरी बायोमेट्रिक प्रणालीका नाममा प्रतिकामदार चार हजार ५ सय रकम असुल गर्दै आएका छन् । स्वास्थ्य परीक्षणमा जस्तै २५ वटा म्यानपावरलाई मात्र मलेसिया कामदार पठाउन अनुमति दिई सिन्डिकेट लगाउनका लागि कैलाश खड्काको समूह लागेको छ ।  मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा बायोमेट्रिकका नाममा सिन्डिकेट लगाउने योजनाकार पनि खड्का नै थिए । बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था छान्दा नै करोडौं रकम घुस दिनुपर्छ भनेर संकलन गरेका खड्काले अहिले म्यानपावरहरुसँग डिल गरिरहेका छन् । मलेसिया कामदार पठाउन अब २५ वटा मात्रै म्यानपावरले पाउँछन्, त्यसमा पर्ने हो भने मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बुझाउन रकम चाहिन्छ भनेर उनले माग्न उठाउन सुरु गरेको स्रोतहरुको दावी छ । 

मलेसियामा स्वास्थ्य परीक्षणमा जस्तै कामदार आपूर्तिमा पनि २५ वटा म्यानपावरलाई मात्र अनुमति दिनेगरी सिन्डिकेट कायम गराउनका लागि बंगलादेशी नागरिक अमिन पनि अहिले नेपाल आएका छन् । मलेसिया सरकारका मन्त्रीलाई नै प्रभावमा पारी २५ वटा म्यानपावरलाई मात्र अनुमति दिनको लागि सेटिङ गर्न अमिन नेपाल आएको स्रोत बताउँछ । बंगलादेशी मूलका मलेसियन अमिन मार्फत् मलेसियामा जाने कामदार ठग्न पाइला पाइलामा ब्रम्हुलट गर्ने माध्यम बायोमेट्रिक स्वास्थ्य प्रणाली, भीएलएन भित्रयाउने काम भएको थियो । तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाई करोडौं रुपैयाँ घुस दिएर बायोमेट्रिक स्वास्थ्य प्रणालीको निर्णय गराउने अमिन नै बिचौलिया थिए ।

मलेसियाका लागि स्वास्थ्य परीक्षणमात्र होइन, म्यानपावरमा पनि सिन्डिकेट लगाउने तयारी भइरहेकोबारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले ‘त्यस्तो सिन्डिकेट हुन सक्दैन । म त्यस्तो हुन दिन्न । यसमा कोही लागेको छ, त्यो सफल हुनेछैन । म सिन्डिकेट कायम गर्ने निर्णयको पक्षमा कदापी थिइन र त्यस्तो हुन दिन्न भनेका छन्  ।’ कैलाश खड्काले मलेसियामा कामदार पठाउनका लागि म्यानपावरहरुको सिन्डिकेट कायम गर्नका लागि श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालसँगको सम्बन्धलाई आधार बनाउने गरेका छन् । 

मन्त्री श्रेष्ठले सिन्डिकेटका कारण आफू विवादमा पर्ने भएपछि सचिव अर्याललाई अगाडि सारेको आशंका पनि म्यानपावर ब्यवसायीहरुले गरेका छन् । अमिनले बंगलादेशमा जस्तै नेपालमा पनि मलेसिया कामदार पठाउन सिन्डिकेट लागू गरी २४ वटा म्यानपावरलाई मात्र दिने र त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणादेखि नेकपा माओवादीका केही नेतालाई समेत प्रभावमा पारेको बताइन्छ । माओवादी छाडेका लेखराज भट्टलाई पनि यसमा जोडेर प्रभावित पार्न खोजिएको छ । भट्टले माओवादी अध्यक्ष प्रचण्डलाई समेत बदनाम गराउन केही स्वार्थी नेताहरुको खड्कालाई पछाडि लगाएका छन् । 

म्यानपावरको सिन्डिकेटका लागि कैलाश खड्काले सचिव एकनारायण अर्यालसँग पटक पटक म्यारियटमा ब्ल्यू लेबलसहितको ककटेल डिनर गरिसकेका छन् । एकनारायण अर्याल बालकोटको बार्दलीका लागि काम गर्ने खास एमाले कार्यकर्ता हुन् । उनले मन्त्री श्रेष्ठले गर्ने सामान्य भन्दा सामान्य निर्णयको जानकारी समेत बालकोट पु¥याउने गरेका छन् । बंगलादेशी मूलका अमिनले तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँग सेटिङ गरी ३९ वटामात्रै स्वास्थ्य संस्थालाई कथित बायोमेटिक स्वास्थ्य परीक्षणको अनुमति दिएका थिए । जसका कारण कामदारले मलेसिया सरकारले भिसा शुल्क वापत ७ सय रुपैयाँमात्र तोकेको भए पनि कैलाश खड्काको सिन्डिकेट रहेका संस्थाहरुले स्वास्थ्य परीक्षण, पासपोर्ट संकलन, भिसा प्रोसेसिङ लगायतका नाममा कामदारबाट १९ हजार ३२३ रुपैयाँ उठाउँदै आएका थिए ।

गोकर्ण बिष्ट श्रम मन्त्री हुँदा २०७५ जेठ २ मा सिन्डिकेट कायम गरी ठगी गरिरहेका यस्ता संस्थालाई कारबाहीको प्रक्रिया सुरु भएको थियो । तर कैलाश खड्काको समूहले मलेसियासम्मै सेटिङ गरेकाले ठगी धन्दा रोक्न बिष्टले सकेनन् । कैलाश खड्का मलेसियामा कामदार पठाउँदा स्वास्थ्य परीक्षण गर्ने ३९ वटा बायोमेट्रिक स्वास्थ्य संस्थाहरुको स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष हुन् । टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि ३६ वटा स्वास्थ्य ब्यवसायीबाट मलेसियाको सरकारका मन्त्रीलाई घुस दिनुपर्छ भनी बीसौं करोड रुपैयाँ उठाएको आरोप खड्कामाथि लाग्ने गरेको छ । 

बायोमेट्रिक स्वास्थ्य परीक्षण सुरु भइसकेपछि पनि उनले ३६ संस्थाबाट मासिक दररेट तोकेर शक्तिकेन्द्रलाई बुझाउने नाममा असुलेको आरोप छ । उनले बुढानीलकन्ठ (आरजु देउवा), र बालकोट (खड्ग ओली) लाई बुझाउन भनेर रकम लिने तर त्यो कतै पनि नबुझाई आफैंले लिएको एक ब्यवसायीले बताए । ती ब्यवसायीले भने–बुढानीलकण्ठ र बालकोट मिलाउनुपर्छ भन्दै रेट तोकेका थिए ।

३६ वटै स्वास्थ्य ब्यवसायीले बुझाउनुपथ्र्यो । ३६ स्वास्थ्य ब्यवसायीबाट मासिक २ करोड रुपैयाँको हाराहारी रकम शक्तिकेन्द्रमा बुझाउने भन्दै उठाएको आरोप उनीमाथि छ ।  तर २ बर्षसम्म उठाएको त्यो रकम उनले ती शक्तिकेन्द्रमा नबुझाई आफैंले राखेको कुरा उनको अरब हाराहारीको अहिलेको सम्पत्तिले पुष्टि गरेको छ । उनले हालै लाजिम्पाटस्थित शिशु अर्यालको ४२ आनामा निर्मित बंगला २७ करोडमा खरिद गरेका छन् । 

प्रतिक्रिया दिनुहोस